Kathmandu Press

लकडाउनमा खाना पकाउन सिक्दै बलिउड सेलिब्रेटी

काठमाडौं, चैत २५ : बलिउड सेलिब्रेटीहरु यतिवेला के गरिरहेका होलान? उनीहरु लकडाउनको समय खाना पकाउन सिक्दैछन्। कपितयले खाना पकाइरहेका भिडियो सामाजिक सञ्ज....

लकडाउनमा खाना पकाउन सिक्दै बलिउड सेलिब्रेटी

काठमाडौं, चैत २५ : बलिउड सेलिब्रेटीहरु यतिवेला के गरिरहेका होलान? उनीहरु लकडाउनको समय खाना पकाउन सिक्दैछन्। कपितयले खाना पकाइरहेका भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन्।

बलिउड अभिनेता अर्जुन कपूरले लकडाउनको समयमा घरमा केक बनाउँदै गरेको भिडियो इन्टाग्राममा पोस्ट गरेका छन्। उनको भिडियो अपलोड गरेको केहि समयमै मलाइका अरोडाले कमेन्ट गरेकी थिइन्।  

कचौरामा केहि घोल्दै गरेको भिडियोमा उनी कुकुरसँग रमाइरहेका देखिन्छन्। उनले ब्याग्राउन्डमा फिल्म गुन्डेको गीत ‘तुमने मारी इन्ट्रिया’ बजाएका छन्।

Hardik ivf

भिडियो सेयर गर्दै उनले लेखेका छन्, ‘म पक्कै यो भन्न सक्छु कि धेरैजसो जो साच्चै गुन्डा छ, उसको मनले अहिले यहि गीत गाइरहेको होला। किनकि, उसले मलाई पहिलो पटक फेक बेकर भएको देखिरहेको छ।’

 

लकडाउनमा अन्य सेलिब्रेटीले पनि खाना पकाइरहेका भिडियो तथा फोटो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। केहि दिन अघि अभिनेता वरुण धवन पनि भान्छामा अमलेट बनारहेको भिडियो पोस्ट गरेका थिए।

यस्तै अभिनेत्री सारा अली खानले पनि प्यान केक बनाइरहेको भिडियो सेयर गरेकी थिइन्। अभिनेता विक्की कौशलले अमलेट बनाएर सेयर गरेका थिए।

मोडल मलाइका अरोडाले कुकिङको सोखलाई पूरा गर्न बेसनको लड्डु बनाइन्। जुन सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन्।

बलिउडा प्रायः सबैजसो सेलिब्रेटी यतिवेला घरमै छन्। लकडाउनमा परिवारसँगै समय बिताइरहेका उनीहरु खाना पकाउने सिकिरहेका छन्।

 

प्रकाशित मिति: १४:२९ बजे, मंगलबार, चैत २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्