Kathmandu Press

बागमतीमा ९ मन्त्रीले लिए शपथ, कांग्रेसबाट ३ बिना विभागीय मन्त्री नियुक्त

बुधवार प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री लामासहित कांग्रेसका ३ र एमालेका ६ मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन्।
बागमतीमा ९ मन्त्रीले लिए शपथ, कांग्रेसबाट ३ बिना विभागीय मन्त्री नियुक्त

काठमाडौं, साउन ९ : बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

बुधवार प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री लामासहित कांग्रेसका ३ र एमालेका ६ मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन्।

नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधुकुमार श्रेष्ठ मन्त्री बनेका हुन् । उनीहरुलाई कुनै जिम्मेवारी तोकिएको छैन।

त्यस्तै एमालेबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगर स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवाल वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङ उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्के भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जन श्रम रोजगार तथा यातायात मन्त्री नियुक्त भएका हुन ।

प्रदेश प्रमुख शर्माले मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्री नियुक्त गरेका थिए।
 

प्रकाशित मिति: ०५:२७ बजे, बुधबार, साउन ९, २०८१