Kathmandu Press

विद्युत काटिएको उद्योगको लाइन जोड्ने प्राधिकरणको निर्णय

मंगलबार बसेको प्राधिकरणको बोर्ड बैठकले काटिएको लाइन जोडिदिने निर्णय गरेको हो।
विद्युत काटिएको उद्योगको लाइन जोड्ने प्राधिकरणको निर्णय

काठमाडौं, साउन ८ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विवादका कारण २५ असार देखि  विद्युत काटिएको ६ वटा उद्योगमा जोडिदिने भएको छ।

मंगलबार बसेको प्राधिकरणको बोर्ड बैठकले काटिएको लाइन जोडिदिने निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार लाइन जोडिदिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई दिएको निर्देशन कार्यान्वयन नगरेपछि आइतबार विद्युत नियमन आयोगले प्राधिकरणलाई विवाद कायमै रहेको बखत लाइन काट्न नमिलने कानुनी व्यवस्था रहेको भन्दै काटिएको लाइन तत्काल जोडिदिन लिखित निर्देशन दिएको थियो।

सोमबारको बोर्ड बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लाइन जोड्न मानेका थिएनन्। तर, मंगलबार पुनः बैठक बसेर लाइन जोड्ने निर्णय गरेको छ।
 

प्रकाशित मिति: ०५:४१ बजे, मंगलबार, साउन ८, २०८१