Kathmandu Press

मित्र भोछिभोयाको ‘पहाडको टापु मेरो देश नेपाल’ [भिडियाे]

सिन्धुलीयन गुराँसले लेखेका शब्दमा गायक भोछिभोयाले नै संगीत भरेका छन्।
मित्र भोछिभोयाको ‘पहाडको टापु मेरो देश नेपाल’ [भिडियाे]

काठमाडाैं, साउन ८ : गायाक तथा संगीतकार मित्र भोछिभोयाले देश भक्तिले भरिएको नयाँ गीत ‘पहाडको टापु मेरो देश नेपाल’ बजारमा ल्याएका छन्।

उनले यो गीत आफ्नै युट्युब च्यानल ‘मित्र भोछिभोया’मार्फत सार्वजनिक गरेका हुन्। सिन्धुलीयन गुराँसले लेखेका शब्दमा गायक भोछिभोयाले नै संगीत भरेका छन्। संगीत संयाेजन पनि उनकै छ।

भोछिभोयाले यो एउटा गीत मात्र नभएर यसमा हाम्रो सिंगो देश नेपाल, नेपाली भाषा, कला, संस्कृति, हिमाल, पहाड, तराई, प्रकृति र सिंगो श्रृष्टिप्रतिको माया र प्रेम लाई समेट्ने प्रयास गरिएको बताएका छन्।

हेनुस् भिडियाे

प्रकाशित मिति: १२:३६ बजे, मंगलबार, साउन ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्