Kathmandu Press

कोभिड–१९ को संक्रमणबाट विश्वभर १३ लाख संक्रमित, ७४ हजार वढीको मृत्यु 

काठमाडौं, चैत्र २५ : विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७४ हजार ६९७ पुगेको छ ।

विश्वका....

कोभिड–१९ को संक्रमणबाट विश्वभर १३ लाख संक्रमित, ७४ हजार वढीको मृत्यु 

काठमाडौं, चैत्र २५ : विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७४ हजार ६९७ पुगेको छ ।

विश्वका २०९ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार २२८ जनाले ज्यान गुमाएका छन् । यो भाइरस संक्रमितको संख्या १३ लाख ४६ हजार ५६६ पुगेको छ ।

Hardik ivf

२४ घण्टाको अवधिमा ७३ हजार १३४ नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये २ लाख ७८ हजार ६९५ जना उपचारगरि घर फर्किएका छन् । चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् । अमेरिकामा संक्रमणदर पनि तीव्र रुपमा बढेको छ ।

२४ घण्टामा थप ३० हजार ३३१ जनामा संक्रमण भएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ६७ हजार ४ पुगेको छ । जहाँ मृत्यु हुनेको संख्या १० हजार ८७१ छ । वितेको २४ घण्टामा अमेरिकामा १ हजार २५५ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै सबैभन्दा धेरै इटालीका नागरिकले ज्यान गुमाएका छन् । इटालीमा १६ हजार ५२३ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्रै इटालीमा ६३६ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: ०८:३६ बजे, मंगलबार, चैत २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्