सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा प्रस्थान
आसन्न ग्लोबल टी–२० यही २५ जुलाईदेखि सुरु हुँदैछ । लिगमा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी भ्यानकुभर नाइट्स तथा रोहितकुमार पौडेल टोरन्टो नेशन्समा आबद्ध छन् ।काठमाडौं, साउन ७ : नेपाली क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा प्रस्थान गरेका छन् । क्यानाडामा हुने ग्लोबल टी–२० क्रिकेट लिग खेल्न सन्दीप क्यानडा गएका हुन् ।
आसन्न ग्लोबल टी–२० यही २५ जुलाईदेखि सुरु हुँदैछ । लिगमा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी भ्यानकुभर नाइट्स तथा रोहितकुमार पौडेल टोरन्टो नेशन्समा आबद्ध छन् । भ्यानकुभर र टोरन्टोबीच उद्घाटन खेलमै प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल आउँदो बिहीबार राति ८ बजेदेखि सुरु हुनेछ ।
सन्दीप चौथो, दीपेन्द्र दोस्रो तथा रोहित पहिलोपटक यो लिग खेल्नेछन् । सन्दीपले यसअघि सन् २०१८ मा भएको पहिलो संस्करणमा मोन्ट्रेल टाइगर्स, सन् २०१९ मा टोरान्टो नेशनल्स र गत संस्करणमा सर्रे जग्वार्सबाट ग्लोबल टी–२० खेलेका थिए ।
प्रकाशित मिति: ११:३४ बजे, सोमबार, साउन ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भलिबल प्रशिक्षक कुमार राईलाई स्पेशल अवार्ड, महिला कबड्डी टिमलाई टिम अफ दी इयरशुक्रबार, भदौ २८, २०८१
करातेका कुशल उत्कृष्ट प्रशिक्षक, भारत्तोलनका कुशल बने युवा वर्ष खेलाडीशुक्रबार, भदौ २८, २०८१
नेपाल सुपर लिगका मार्की खेलाडी सार्वजनिकशुक्रबार, भदौ २८, २०८१
सरकारले दियो पलेशालाई पुरस्कार वापतको ६५ लाख रुपैयाँशुक्रबार, भदौ २८, २०८१