अभिनेता हरिवंश आचार्य अस्पताल भर्ना
कार्यक्रममा सहभागी हुने विराटनगर पुगेका अभिनेता आचार्यलाई नाकबाट रगत बगेपछि विराट नर्सिङ होममा भर्ना गरिएको छ।
मोरङ, साउन ६ : अभिनेता हरिवंश आचार्य अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।
कार्यक्रममा सहभागी हुने विराटनगर पुगेका अभिनेता आचार्यलाई नाकबाट रगत बगेपछि विराट नर्सिङ होममा भर्ना गरिएको छ।
हिमगिरी हाइजिङको व्यावसायिक दूत बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडी शनिबार विराटनगर पुगेका थिए।
अस्पताल पुगेर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अभिनेता आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। उनले आचार्यको स्वास्थ्य लाभको पनि कामना गरेका छन्।
नाकबाट रगत बगेपछि परीक्षण गर्दा नाकभित्र घाउ देखिएको र शल्यक्रिया गरिएको बताइएको छ। आरामका लागि अझै दुई दिन उनी अस्पतालमा रहने छन्। उनको अवस्था सामान्य रहेको बताइएको छ।
प्रकाशित मिति: १८:०५ बजे, आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)


![रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1786623521.jpg)