Kathmandu Press

मेरो राजनीतिको गुरु वीपी, मन्त्रिमण्डलको गुरु केपी : मन्त्री पाण्डे

तत्कालिन समयको जटिलता र प्रतिकुलताकाबीचमा बिपीले सत्य स्थापित गर्नका लागि ठुलो मूल्य चुकाएकै कारण वीपी आफ्नो राजनीति गुरु भएको समेत पाण्डेले बताए।
मेरो राजनीतिको गुरु वीपी, मन्त्रिमण्डलको गुरु केपी : मन्त्री पाण्डे

काठमाडौं, साउन ६ : यस वर्षको बिपी कोइराला राष्ट्रिय पुरस्कार, २०८० चार जनालाई प्रदान गरिएको छ।

आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्षको बिपी कोइराला राष्ट्रिय पुरस्कार, २०८० राजनीतिकतर्फ किशोरकुमार अधिकारी, होमनाथ दाहाल र साहित्यिक विधातर्फ प्रा.डा. योगेन्द्रप्रसाद यादव र डा. हरिप्रसाद शर्मा पराजुलीलाई प्रदान गरेको हो।

Hardik ivf

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले वीपी कोइराला नेपाली राजनीतिको रचनाकार भएको बताए।

तत्कालिन समयको जटिलता र प्रतिकुलताकाबीचमा बिपीले सत्य स्थापित गर्नका लागि ठुलो मूल्य चुकाएकै कारण वीपी आफ्नो राजनीति गुरु भएको समेत पाण्डेले बताए।

उनले आफ्नो राजनीतिक गुरु वीपी भएपनि सरकार वा मन्त्रीमण्डलको गुरु केपी ओली भएको स्पष्ट पारे। मुलुकमा सुशासन र स्थायित्व दिनका लागि ओलीको मन्त्रीमण्डल जिम्मेवार रहेको उनले जानकारी दिए।

‘प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला मेरा राजनीतिक गुरु हुनुहुन्छ। लोकतान्त्रिक चेतनाका गुरु हुनुहुन्थ्यो। त्यो बेलाको जटिलता र प्रतिकुलताका बिचमा वीपीले सत्य स्थापित गर्नका लागि कुन मुल्य चुकाउनुभयो भन्ने कुरा सर्ववितिदै छ,’ उनले भने, ‘नेपालले समाजवादउन्मुख संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली, जो लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित छ। यो स्थापित गर्ने विन्दूसम्म आइपुग्दा नेपाली राजनीतिको एउटा रचनाकारको रुपमा वीपी कोइराला स्थापित हुनुहुन्थ्यो।’

प्रकाशित मिति: १३:५६ बजे, आइतबार, साउन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्