Kathmandu Press

बागमतीका मुख्यमन्त्री कट्टेलले राजीनामा दिने

नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिन लागेका हुन्।
बागमतीका मुख्यमन्त्री कट्टेलले राजीनामा दिने

हेटौंडा, साउन ६ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिने भएका छन्। उनले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिन लागेका हुन्।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिन लागेका हुन्।

जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराएका थिए। ५ साउनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मत लिने कार्यसूची बनाएको थियो ।

२५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट सरकारको नेतृत्व माओवादी केन्द्रका जम्कट्टेलले गरेका थिए ।

केन्द्रमा कांग्रेस र एमालेबीच सत्ता समीकरण बनेपछि एमालेले सरकारबाट बाहिरिएपछि  जम्मकट्टेल अल्पमतमा परेको थियो। अब बागमतीमा अब एमाले र कांग्रेसको गठबन्धन सरकार बन्नेछ ।

प्रकाशित मिति: १३:५२ बजे, आइतबार, साउन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्