Kathmandu Press

उपसभामुखमाथि छानबिन गर्न कांग्रेसको माग

‘संसदभन्दा बाहिर बसेर छानबिनमा सहयोग गर्नुस् । संसद्सँग साइनो नै नभएका व्यक्तिलाई सिफारिस गरिएको भन्दै खतिवडाले उपसभामुखको कक्ष कन्सल्टेन्सी नबनाइयोस्। यो कन्सल्टेन्सी नबनाइयोस्,’ उनले भने।
उपसभामुखमाथि छानबिन गर्न कांग्रेसको माग

काठमाडौं, साउन ६ : नेपाली कांग्रेसले उपसभामुखको इन्दिरा राना मगरको राजीनामा मागेको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले राजीनामा मागेका हुन्।

उनले उपसभामुखले ५ जनालाई अमेरिकाको भिसा दिनको लागि सिफारिस गर्न पत्र लेखेपछि राजीनामा दिनुपर्ने बताए। उनले उपसभामुख इन्दिरा रानामगरलाई संसद्को कमाण्ड गर्न सुहाँउछ कि सुहाँउदैन भन्दै प्रश्न गरे।

‘संसदभन्दा बाहिर बसेर छानबिनमा सहयोग गर्नुस् । संसद्सँग साइनो नै नभएका व्यक्तिलाई सिफारिस गरिएको भन्दै खतिवडाले उपसभामुखको कक्ष कन्सल्टेन्सी नबनाइयोस्। यो कन्सल्टेन्सी नबनाइयोस्,’ उनले भने।

उनले पैसा लिएर सदनको मर्यादालाई समेत ख्याल नगरी मानव तस्करी गरेको आरोप लगाए।

‘संसदमा सूचना बेच्ने यही छन् भनेको एक जनाले भनेको सुनेको थिएँ। सूचना बेच्ने त देखिनँ मान्छे बेच्ने चाहिँ यतै छन् कि क्या हो अनुसन्धान हुनुपर्छ। संसद चुप लागेर बस्नु हुँदैन,’ उनले भने, ‘उपसभामुखलाई अनुरोध गर्छु, इज्जतका लागि भएपछि संसदको बाटोबाट टाप कस्नुभएका हुन्छ।’

प्रकाशित मिति: १३:३७ बजे, आइतबार, साउन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्