Kathmandu Press

१०६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा [तस्बिरहरू]

महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि महानगरपालिकाले एक सय ६ वर्ष पुरानो डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याएको हो।
१०६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा [तस्बिरहरू]

काठमाडौं, साउन ६ : ललितपुर महानगरपालिकाले एक सय ६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा ल्याइएको छ।

महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि महानगरपालिकाले एक सय ६ वर्ष पुरानो  डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याएको हो।

Photo-(6)(4)-1721547295.jpg

शुक्रबार सोही पुरानो दमकलका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ललितपुरका मेयर चिरीबाबु महर्जनले विगत ४२ वर्ष देखि यसको पार्टस नपाएको कारणले यो दमकल थन्काएर राखेको अवस्था रहेकोमा अमेरिकाबाट पार्टहरु मगाएर मर्मत गरी सञ्चालनमा ल्याएको जानकारी दिए।

‘विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले दमकल चलेको थिएन। रोक्की राखेको थियो। ७३–७४ सालमा दमकल लिलामीमा राखियो। त्यो सूचना पाउनेसाथ झिक्यौं। अमेरिकामा यसको पार्टस भेटियो र अहिले सञ्चालमा ल्याइएको छ,’ उनले भने।

Photo-(13)-1721547294.jpg

दमकलको चक्काहरु छन् कहिले पनि पञ्चड नहुँने र सिसाहरु पनि नफुट्ने प्रमुख विशेषता रहेको उनले जानकारी दिए।

साथै उक्त दमकल छिटो आगो निभाउन सक्ने क्षमता भएको दमकल भएको पनि उनले जानकारी दिए।

Photo-(9)-1721547296.jpg

Photo-(2)(6)-1721547295.jpg

Photo-(4)(5)-1721547295.jpg

Photo-(14)-1721547294.jpg

Photo-(1)(10)-1721547294.jpg

प्रकाशित मिति: १३:२० बजे, आइतबार, साउन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्