Kathmandu Press

बंगलादेशबाट स्वदेश फर्किए नेपाली विद्यार्थी

बंगलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने केही नेपाली विद्यार्थीहरू आज स्वदेश फर्किएका हुन्।
बंगलादेशबाट स्वदेश फर्किए नेपाली विद्यार्थी

काठमाडौं, साउन ६ : बंगलादेशमा जारी आन्दोनका प्रभावित भएका भएका नेपाली विद्यार्थीहरु स्वदेश फर्कन थालेका छन्। आजमात्रै ५६ विद्यार्थी काठमाडौं विमानस्थलमा अवतरण गरेका छन्।

बंगलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने केही नेपाली विद्यार्थीहरू आज स्वदेश फर्किएका हुन्।

सरकारले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको बताएको छ।

आन्दोलनको चपेटामा परेको बंगलादेशबाट शनिवारसम्म करिब ८ सय नेपाली विद्यार्थी नेपाल प्रस्थान गरेका छन्। हवाई तथा भूमार्ग भएर ती विद्यार्थीहरूले बंगलादेश छोडेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १३:१२ बजे, आइतबार, साउन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्