Kathmandu Press

बिपी कोइराला हरेक विषयका एक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा

सानेपामा केन्द्रीय पुस्तकालयको उद्घाटन गर्दै सभापति देउवाले बिपीले नेपाली साहित्य, राजनीति र मनोवैज्ञानिक क्षेत्रमा ठुलो योगदान दिएको बताए।
बिपी कोइराला हरेक विषयका एक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा

काठमाडौं, साउन ६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले राष्ट्र निर्माणका लागि दिएको योगदान अविस्मरणीय रहेको बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय पुस्तकालयको उद्घाटन गर्दै सभापति देउवाले बिपीले नेपाली साहित्य, राजनीति र मनोवैज्ञानिक क्षेत्रमा ठुलो योगदान दिएको बताए।

‘उहाँको ४२औं स्मृति दिवसको अवसरमा लाइब्रेरीको सुरूवात गर्न पाउँदा खुसी  लागेको  छ। बिपी कोइराला हरेक विषयका एक योद्दा नै हुनुहुन्थ्यो,’ उनले भने,  ‘बिपीका बारेमा मैले भन्ने गरेको छु– उहाँ हरेक चिज र सबै ठाउँमा हुनुहुन्छ।  साहित्यकार, वैज्ञानिक, मनोवैज्ञानिकलगायत सबै कुरामा उहाँको योगदान रहेको छ।’

बिपी कोइराला आफ्नो सिद्दान्तका लागि नथाक्ने र राष्ट्रका लागि जुनसुकै बलिदान दिन तयार हुन व्यक्ति रहेको सभापति देउवाको भनाइ छ।

प्रकाशित मिति: १२:४३ बजे, आइतबार, साउन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्