Kathmandu Press

प्रचण्डले निम्त्याएको अस्थिरता रोक्न एमाले–कांग्रेसको समीकरण : उपमहासचिव ज्ञवाली

‘१९ महिना निरन्तर सरकारको नेतृत्व गरिरहनुभएका प्रचण्डलाई कसले रोकेको थियो फाइल खोल्न ? फाइल रोक्न कसले दबाब दिएको थियो ? कसले उहाँको आँखामा कालोपट्टी बाँधिदिएको थियो,’ उनले भने। सत्तामा बसुन्जेल केही नगर्ने सत्ताबाहिर आएपछि भ्रम फैलाउने काम प्रचण्डले गरेको उनको भनाइ थियो ।
प्रचण्डले निम्त्याएको अस्थिरता रोक्न एमाले–कांग्रेसको समीकरण : उपमहासचिव ज्ञवाली

काठमाडौं, साउन ६ : एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारका फाइलहरू खोल्ने डरले कांग्रेस–एमालेले हतारहतार नयाँ समीकरण गरेको भनेर चलाइएको हल्लामा कुनै सत्यता नभएको बताएका छन्। सत्ताच्यूत भएपछि त्यो केवल माओवादी केन्द्रले एमाले–कांग्रेसलाई बदनाम गराउन त्यस्तो हल्ला चलाएको उनले स्पष्ट पारे।

एमालेको बागमती प्रदेश सम्पर्क कमिटीले काठमाडौंमा आयोजना गरेको ‘पुष्पलालको दृष्टिकोण र नेपालको समृद्धि’ विषयक वक्तृत्वकला प्रतियोगितालाई सम्बोधन गर्दै उनले लामो समय सरकारको नेतृत्व गरिरहँदा किन फाइल नखोलेको भनी प्रचण्डसँग प्रश्न गरे ।

‘१९ महिना निरन्तर सरकारको नेतृत्व गरिरहनुभएका प्रचण्डलाई कसले रोकेको थियो फाइल खोल्न ? फाइल रोक्न कसले दबाब दिएको थियो ? कसले उहाँको आँखामा कालोपट्टी बाँधिदिएको थियो,’ उनले भने। सत्तामा बसुन्जेल केही नगर्ने सत्ताबाहिर आएपछि भ्रम फैलाउने काम प्रचण्डले गरेको उनको भनाइ थियो ।

Hardik ivf

450354202_488346207475597_1395314534970475744_n-1721544520.jpg

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामेछानेलाई पनि चर्को कुरा गर्दै नहिँड्न सुझाव दिए । दुईपटक गरी ६ महिना गृहमन्त्री भएका बेला फाइल किन खोलिएन भनेर लामिछानेसँग पनि उनले प्रश्न गरे । रविकै पार्टीबाट उपसभामुख रहेकी इन्दिरा रानाले संसद् सचिवालय र परराष्ट्र मन्त्रालयलाई थाहै नदिई कूटनीतिक पत्र लेखेको स्मरण गराउँदैै उनले बरु फाइल त ‘प्रचण्ड र रवि’हरूको खोल्ने बेला आएको बताए।

‘हामीले फाइल खोल्न आँटेपछि कांग्रेस–एमाले मिलेको भनेर हल्ला चलाउनुभएको छ,’ उनले भने, ‘बरु फाइल त उहाँहरूको खोल्ने बेला आएको छ ।’ आफूभित्रको कमजोरी सच्याएर अघि बढ्न माओवादी केन्द्र र रास्वपालाई उनले सुझाव पनि दिए।

उपमहासचिव ज्ञवालीले अहिलेको परिवर्तनको कारक माओवादी केन्द्र र त्यसमा पनि उक्त पार्टीका अध्यक्ष दाहाल नै भएको जिकिर गरे । दाहालले निम्त्याएको अस्थिरतालाई रोक्ने प्रयासस्वरूप कांग्रेस–एमालेले सहकार्य गर्नुपर्ने वातावरण सिर्जना भएको उनको भनाइ थियो।

450542426_838601677859400_5694607180194416542_n-1721544520.jpg

जनादेशबाट बनेको सरकारलाई सर्वोच्च अदालतको परमादेशबाट विस्थापन गरेर २०७८ असार २८ गते मुलुकलाई अत्यन्तै गलत दिशामा लगिएको र त्यसपछि राजनीति भद्रगोल भएर नेपाल पश्चगमनको बाटोमा गएको उनले बताए । तीन वर्षपछि गत असार २८ गते कांग्रेस–एमाले मिलेर त्यसलाई ठिक ठाउँमा ल्याइएको उनले स्पष्ट पार ।

तीन वर्ष प्रतिपक्षमा रहेको एमालेलाई सत्तापक्षबाट घेराबन्दीमा पार्ने, निषेध गर्ने, एमाले विरुद्ध भ्रम फैलाउने काम भएको उपसभामुख ज्ञवालीको भनाइ थियो।

‘उक्त तीन वर्षमा एमालेविरुद्ध तत्कालीन सत्ता गठबन्धनबाट अनेकौं गतिविधि भए,’ उनले भने, ‘त्यतिबेला एमालेलाई समाप्त नै पार्ने हिसाबले डिजाइन भएको थियो । उक्त तीन वर्षमा मुलुकले पनि असाध्यै ठुलो पीडा भोग्नुप¥यो ।’ सो अवधिमा नेपालको राष्ट्रियता नराम्ररी धर्मराएको उनले बताए।

‘असंलग्न परराष्ट्र नीति लिएर हिँडेको मुलुकलाई विदेशी क्रीडास्थल बनाउने खतरा देखा प¥यो । कतै नेपाल विभिन्न शक्ति केन्द्रहरूको भूराजनीतिक सिकार बन्ने स्थिति देखा प¥यो । मुलुकको अर्थतन्त्र डामाडोल भयो,’ उनले भने।

451101376_1530903654162641_4067784550914186322_n-1721544520.jpg

गत निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएर बिग्रँदो राजनीतिक परिस्थितिलाई सोझ्याउने कोसिस एमालेले गरे पनि त्यसको भोलिपल्टैबाट धोका हुन थालेको उनले जिकिर गरे।

‘पछि फेरि एमालेसँग दाहाल मिलेर जाऔं भन्दै आउनुभयो। दाहाललाई विश्वास गरेर गत फागुनमा फेरि नयाँ राजनीतिक कोर्स सुरु ग¥यौं। हामीले साह्रै उदारता देखायौं । रोजा मन्त्रालया दियौं । प्रधानमन्त्रीको आलोपालोको पनि कुनै चर्चा गरेनौं,’ उनले भने।

तर दाहालले फेरि राष्ट्रिय सहमतिको सरकार बनाउने भन्दै हिँडेपछि एमाले–कांग्रेस मिल्नैपर्ने अवस्था आएको उनले बताए । एमाले र कांग्रेसलाई पालैपालो दुरुपयोग गर्दै देशलाई बर्बादीतिर धकेल्न काम हुँदै आएकाले प्रधानमन्त्री फेर्न भन्दा पनि सुशासनका लागि समीकरण बदलिएको उनले बताए।

अबको नयाँ परिस्थितिमा एमाले–कांग्रेसले एकअर्कालाई दोष देखाएर नहुने पनि उनले बताए । अप्ठेरोमा परेको मुलुकलाई निकास दिने र दुवैले दायित्व लिने जिम्मेवारीबोधका साथ एमाले–कांग्रेसले समीकरण गरेको उनले बताए। तर आउने चुनावमा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी हुने र त्यसमा दुवै दलले द्विविधा नराखेको पनि उनले बताए।

देशलाई संकट परेको बेला एमाले–कांग्रेस मिलेर अघि बढेको दृष्टान्त उनले प्रस्तुत गरे । २०७२ को संविधान पनि संशोधन भइसकेको सन्दर्भ प्रस्तुत गर्दै उनले संविधान गतिशील दस्ताबेज भएकाले १०÷१० वर्षमा समीक्षा आवश्यक पर्ने उनको भनाइ थियो।

वक्तृतामा दोलखाका सुदर्शन दाहाल प्रथम

बागमती प्रदेश सम्पर्क कमिटीद्वारा ‘पुष्पलालको दृष्टिकोण र नेपालको समृद्धि’ विषयक वक्तृत्वकला प्रतियोगितामा महिलातर्फ काभ्रेपलाञ्चोककी तारा तामाङ र पुरूषतर्फ दोलखाका सुदर्शन दाहालले पहिलो स्थान हासिल गरेको सचिव धनबहादुर पुलामीले बताए। उनका अनुसार तामाङ र दाहालले १०÷१० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे।

450574104_1403828036962621_1263435772048250039_n-1721544520.jpg
 

त्यसैगरी दोस्रो स्थान प्राप्त गर्ने रामेछापकी जेनिशा बस्नेत र नुवाकोटका रामनाथ खनाललाई ७÷७ हजार रूपैयाँ तथा तेस्रो स्थान हासिल गर्ने सिन्धुलीकी मीनाश्री पहाडी र सिन्धुलीकै लोचन पहाडीलाई जनही ५÷५ हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिएको पुलामीले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा १६ जनाको सहभागिता थियो । प्रतियोगी सबै तथा विजेताहरूलाई उपमहासचिव ज्ञवालीलगायतले प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका थिए।

निर्णायकका रूपमा त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरका उपप्राध्याक डा. सिद्धबहादुर महर्जन तथा महेन्द्ररत्न क्याम्पस ताहाचलका उपप्राध्याकद्वय डा. गणेशराज अधिकारी र डा. शिवकुमार गौतम थिए।

बागमती सम्पर्क कमिटीले विभिन्न राजनीतिक गतिविधि, संगठन निर्माण तथा विस्तारसँगसँगै विविध रचनात्मक गतिविधि गर्दै आएको, बागमतीका विभिन्न जिल्लाबाट राजधानी काठमाडौं आई बसोबास गरिरहेका कसैलाई अप्ठ्यारो परेको ठाउँमा आवश्यक सरसहयोग गर्ने गरेको, आयआर्जनमा लाग्न सक्नेगरी विविध सीपमूलक तालिमसमेत दिँदै आएको बागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अशोककुमार ठकुरीले बताए।

त्यसैगरी विद्यार्थीको रचनात्मक क्षमताको अभिवृद्धि, अभिव्यक्ति कौशलताको विकास तथा नेपाली समाजको रूपान्तरणका साथै नेपाली जनताको मुक्ति र हकअधिकार प्राप्तिका लागि उल्लेखनीय योगदान दिने व्यक्तित्व पुष्पलालको स्मृतिका लागि यस किसिमको कार्यक्रमको आयोजना गरिएको उपाध्यक्ष एवं प्रचारप्रसार तथा प्रकाशन विभागका संयोजक सरोजमोहन लामाले बताए।

 

प्रकाशित मिति: १०:३४ बजे, आइतबार, साउन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्