Kathmandu Press

‘ठूला दल एकठाउँमा भएपनि कसैलाई गल्ती गर्ने छुट छैन’

जनताले सुशासनको अनुभुति हुने गरि सरकारले काम गर्नुपर्ने उल्लेख गर्दै कोइरालाले अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकोले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा पनि उनको राय थियो।
‘ठूला दल एकठाउँमा भएपनि कसैलाई गल्ती गर्ने छुट छैन’

काठमाडौं, साउन ६ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दुई ठुला दल एमाले र कांग्रेस एकै ठाउँमा उभिएकाले उनीहरुलाई गल्ती गर्ने छुट नभएको बताएका छन्।

जनताले सुशासनको अनुभुति हुने गरि सरकारले काम गर्नुपर्ने उल्लेख गर्दै कोइरालाले अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकोले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा पनि उनको राय थियो।

‘अब पनि दुई ठुला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स हुनपनि सक्छ,’ उनले भने।

आफ्नो पार्टी सरकारमा छ त्यसैले उनीहरुले गरेका सबै काम ठिक छ भनेर चुप लागेर नबस्न नहुने उनको तर्क थियो। यदि मन्त्रीहरुले गलत काम गरे तिनको आलोचना र बिरोध गर्न कार्यकर्तालाई आग्रह समेत गरे।

‘जनभावना बिरोधी काम गर्ने छुट नत प्रधानमन्त्रीलाई छ न मन्त्रीलाई छ,’ उनको भनाइ छ।  

बिपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा वीपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौंमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै उनले कोइराला बिपी कोइरालाको सिद्धान्त अनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिड्न नसकेको बताए।

‘हिजो पश्चिमको साथीलाई चोट लाग्दा पूर्वको साथीलाई दुख्थ्यो। पूर्वको साथीको पिडाले पश्चिमको साथीलाई पोल्थ्यो, हामी आफूलाई बिपीका अनुयायी भन्छौं तर स्वार्थमा परेर आफू–आफुमै लड्छौं। बिपीले त यस्तो कहिल्यै सिकाउँनु भएन। हिजोको त्यो आत्मियता कहाँ गयो?,’ कोइरालाले प्रश्न गरे।

प्रकाशित मिति: १२:०२ बजे, आइतबार, साउन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्