Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यालयमा पुस्तकालयको उद्घाटन

केन्द्रीय पुस्तकालयको एक समारोहकाबीच पार्टी सभापति शेरबहादुर देउवाले पुस्तकालयको उद्घाटन गरे।
कांग्रेस केन्द्रीय कार्यालयमा पुस्तकालयको उद्घाटन

काठमाडौं, साउन ६ : नेपाली कांग्रेसले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा केन्द्रीय कार्यालय पुस्तकालयको  शुभारम्भ गरिएको छ।

केन्द्रीय पुस्तकालयको एक समारोहकाबीच पार्टी सभापति शेरबहादुर देउवाले पुस्तकालयको उद्घाटन गरे।

नेपाली साहित्यमा समेत उच्च योगदान दिएका कोइरालाका विभिन्न पुस्तकहहरु र कृतिहरु पुस्तकालयमा राखिएका छन्।

उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित छन्। त्यसैगरी दुई कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ।

प्रकाशित मिति: ११:५४ बजे, आइतबार, साउन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्