Kathmandu Press

बिपीले चाहेको व्यवस्था र प्रणालीप्रति सहमत छु : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले बिपी कोइरालाले नेपाली राजनीति र साहित्यलाई अहिलेको अवस्थामा पुर्याउन महत्वपूर्ण योगदान रहेको बताए।
बिपीले चाहेको व्यवस्था र प्रणालीप्रति सहमत छु : प्रधानमन्त्री

काठमाडौं, साउन ६ : प्रधानमन्त्री केपी ओलीले  बिपी कोइरालाले राजनीतिक दर्शन, समाज परिवर्तन र साहित्यको क्षेत्रमा आफ्ना छापहरु छोड्न सफल भएको बताएका छन्।

आइतबार बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८०, समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बिपी कोइरालाले नेपाली राजनीति र साहित्यलाई अहिलेको अवस्थामा पुर्याउन महत्वपूर्ण योगदान रहेको बताए।

‘राजनीतिक दर्शनको पाटोमा, साहित्यिक दर्शनको पाटोमा वीपी कोइरालाले नेपाली राजनीति, समाज परिवर्तनका क्षेत्रमा आफ्ना छापहरु छोड्न एकदमै सफल व्यक्तित्व हुनुहुन्छ,’ उनले भने, ‘उहाँले राजनीति सँगसँगै साहित्यलाई पनि एउटा उचाईमा पुर्याउनुभएको छ। राजनीतिलाई पनि झन धेरै उचाईमा पुर्याउनुभएको छ उहाँले। तर, आज वीपी कोइरालालाई बुझ्न त्यति सजिलो छैन।’

दर्शन, साहित्य र राजनीतिको बारेमा विवादहरु रहेपनि वीपी कोइरालाले खोजेको व्यवस्था र प्रणाली अहिले पनि आफू सहमत रहेको ओलीको भनाइ छ।

त्यस्तै उनले वीपी कोइरालाले दुरदर्शी तथा परिवर्तनका  लागि आफ्नो जीवन समर्पित गरेको उल्लेख गर्दै अहिलेको नेतृत्वले उनीबाट पाठ सिक्नुपर्ने बताए।

प्रकाशित मिति: ११:२९ बजे, आइतबार, साउन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्