Kathmandu Press

पर्यटन नीतिलाई संशोधन गर्न आवश्यक : मन्त्री पाण्डे

उनले संस्कृती भनेको सबैभन्दा ठूलो सम्पत्ति भएको भन्दै यसको रक्षाको लागि काम गर्ने विश्वास पनि व्यक्त गरेका छन्। संस्कृति भनेको समाजको आत्मा भएको बताउँदै उनले आत्मा भएन भने भौतिक सम्पत्तिको मात्र कुनै अर्थ नहुने बताए।
पर्यटन नीतिलाई संशोधन गर्न आवश्यक : मन्त्री पाण्डे

काठमाडौं, साउन ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन नीतिलाई संशोधन गर्नुपर्नेमा जोड दिएका छन्।

शनिबार नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितीले स्व. अरूण थापामगरको २५ औं स्मृती दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले पर्यटन नीति पुरानो भएको भन्दै मन्त्रीको हैसियतले पहिलो निर्णय नै पर्यटन संशोधन गर्ने लिएको बताए।

Hardik ivf

उनले संस्कृती नीति बनाउने कुरमा पनि काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘हाम्रो पर्यटन नीति पुरानो भएको छ। त्यसकारण पर्यटन नीतिमा समयसामयिक परिवर्तन गर्नुपर्यो। त्यसकारण पर्यटन नीति परिवर्तन, परिमार्जन र संशोधनका लागि मैले मन्त्रीको हैसियतले पहिलो निर्णय गरेको छु,’ उनले भने, ‘यसको साथै संस्कृती नीति बनाउने कुरामा पनि काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु।’

उनले संस्कृती भनेको सबैभन्दा ठूलो सम्पत्ति भएको भन्दै यसको रक्षाको लागि काम गर्ने विश्वास पनि व्यक्त गरेका छन्। संस्कृति भनेको समाजको आत्मा भएको बताउँदै उनले आत्मा भएन भने भौतिक सम्पत्तिको मात्र कुनै अर्थ नहुने बताए।

मन्त्री पाण्डेले हाम्रो जस्तो भूगोलले सानो भएको देशमा विविधता भएकाले यो नहाम्रो सम्पत्ति र विशिष्टता भएको बताए

प्रकाशित मिति: १९:४२ बजे, शनिबार, साउन ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्