Kathmandu Press

कांग्रेस प्रतिपक्षमै बस्ने इच्छा प्रचण्डले बदलिदिए : गगन थापा

नेपाली कांग्रेस जिल्ला कार्यसमिति भोजपुरले वीपी कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रममा उनले आफूहरु प्रतिपक्षमै बसेर काम गर्ने इच्छा हुँदाहुँदै परिस्थिति फरक बनेको बताएका हुन्।
कांग्रेस प्रतिपक्षमै बस्ने इच्छा प्रचण्डले बदलिदिए : गगन थापा

भाेजपुर, साउन ५ : नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीका कारण एमालेसँग सहकार्य गर्नुपरेको स्पष्ट पारेका छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति भोजपुरले वीपी कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रममा उनले आफूहरु प्रतिपक्षमै बसेर काम गर्ने इच्छा हुँदाहुँदै परिस्थिति फरक बनेको बताएका हुन्।

Hardik ivf

‘माओवादीको अध्यक्षले हामीसँग गठबन्धनमा रहेकाबेला पनि एउटासँग विवाह गर्ने र अरु अरु तिर चियाउन जान थाले। एमालेसँगको गठबन्धनमा पनि उहाँले त्यस्तै प्रवृत्ति देखाउनुभयो,’ उनले भने, ‘एमालेसँगको गठबन्धनमा रहदा पनि हामीसँग भेटेको बेला एमालेसँग सहज अवस्था भएन भन्नुहुन्थ्यो। दुई पार्टीको अध्यक्ष टाढिएपछि आजको अवस्था बन्यो। प्रचण्डले त्यस्तो काम नगरेको भए यो नयाँ सरकार बन्दैन् थियो होला,’ उनले भने।

माओवादी, एमाले, रास्वपालगायतका पार्टीहरु नै मिलेर सरकार संचालन गरोस भन्ने आफूहरुको इच्छा रहेको भएपनि परिस्थिति बदलिएको उनको धारणा थियो।

‘हामी प्रतिपक्षमा बसेर पार्टीलाई संगठित गर्ने र पार्टीभित्रको फोहोरहरु सफा गर्ने, पार्टीलाई बलियो बनाउने अभियानमा थियौं । तर परिस्थिति बदलियो,’ उनले भने।

फरक प्रसंगमा उनले नयाँ सरकार बन्नेक्रममा समझदारीलाई नेपाली कां्ग्रेसले इमान्दारका साथ पालना गर्ने र एमालेले पनि गर्छ भन्ने आफूलाई विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १९:३४ बजे, शनिबार, साउन ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्