Kathmandu Press

राष्ट्रिय सभा उपाध्यक्षसहितको टोली चीन प्रस्थान

प्रतिनिधिमण्डलमा उपाध्यक्ष घिमिरे, राष्ट्रिय सभाका सदस्यहरु मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल र दुर्गाकुमारी गुरुङ, संघीय संसद सचिवालयका उपसचिव विकास बोहरा र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंह छन्।
राष्ट्रिय सभा उपाध्यक्षसहितको टोली चीन प्रस्थान

काठमाडौं, साउन ५ : राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरे चीनको औपचारिक भ्रमणका लागि शनिबार त्यस तर्फ प्रस्थान गरेकी छिन्।

चीनको युनान प्रान्तको कुन्मिङ सहरमा हुन लागेको ८औं चीन–दक्षिण एसिया प्रदर्शनीमा  सहभागी हुन ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी चीन प्रस्थान गरेकी हुन्।

उपाध्यक्ष घिमिरे नेतृत्वको प्रतिनिधीमण्डल इष्टर्न चाईना एयरलान्इसको उडानबाट चीन प्रस्थान गरेको छ।

प्रतिनिधिमण्डलमा उपाध्यक्ष घिमिरे, राष्ट्रिय सभाका सदस्यहरु मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल र दुर्गाकुमारी गुरुङ, संघीय संसद सचिवालयका उपसचिव विकास बोहरा र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंह छन्।

उपाध्यक्ष नेतृत्वको संसदीय प्रतिनिधी मण्डलले जुलाई २३ मा हुने प्रर्दशनीको उद्घाटन समारोहमा भाग लिनेछ। प्रर्दशनीको उद्घाटन कार्यक्रममा  उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले युनान प्रान्तका उच्च अधिकारीहरुसँग भेट गर्नेछ। प्रतिनिधिमण्डल २५ जुलाई, २०२४ मा नेपाल फर्कने तालिका रहेको छ।

प्रकाशित मिति: १७:१० बजे, शनिबार, साउन ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्