Kathmandu Press

‘कांग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकाए’

उनले कांग्रेसले राजाबाट एमालेले कांग्रेसबाट घुस खान सिकेको भन्दै कांग्रेस र एमाले मिलेर माओवादीलाई पनि घुस खान सिकाएको बताए।
‘कांग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकाए’

काठमाडौं, साउन ५ : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले कांग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकाएको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा आयोजित ‘बाबुराम एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन समारोहमा बोल्दै उनले कांग्रेसले राजाबाट एमालेले कांग्रेसबाट घुस खान सिकेको भन्दै कांग्रेस र एमाले मिलेर माओवादीलाई पनि घुस खान सिकाएको बताए।

Hardik ivf

‘राम्रो सरकार कस्तो हुन्छ भने जसमा घुस खाने मान्छेहरु छैनन्। राजाले घुस खान कतैबाट सिके होलान,’ उलने भने, ‘तर कांग्रेसले राजाबाट सिक्यो संस्थागत रुपमै, हामी एमाले भएर कांग्रेसबाट सिक्यौं, उनीहरुसँग संगत बढ्दै जाँदा सिक्यौं। दुइवटै पार्टी मिलेर माओवादीलाई घुस खान सिकाएका हौं।’

उनले डा.बाबुराम भट्टराईले २०६२।०६३ सालमा राजतन्त्र हिडेपछि जनवादी क्रान्ति जनयुद्धले पूरा गरेको भनेर दाबी गर्न सक्नुपर्ने भएपनि नसकेको बताए।

‘समाजवादी बाटो निर्माणतर्फ जान दलाल पुँजीवादले रोकेको छ । हामी राष्ट्रिय पुँजीको विकास गर्दै लामो योजना बनाएर समाजवादमा जाने हो भनेर भट्टराई जत्तिको मान्छेले भन्न नसक्नु दुखद् छ,’ भुसालले भने।

 

प्रकाशित मिति: १६:५८ बजे, शनिबार, साउन ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्