पूर्वप्रधानमन्त्री चन्दलाई भेट्न उद्योगमन्त्री अस्पतालमा
मन्त्री भण्डारी शनिबार बिहान नेता चन्दलाई भट्ने वीर अअस्पताल पुगेका थिए। नेता चन्दलाइृ भेटेर मन्त्री भण्डारीले उहाँको स्वास्थ्य लाभको कामना गरेका छन्।
काठमाडौं, साउन ५ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अस्पताल पुगेर भेटेका छन्।
मन्त्री भण्डारी शनिबार बिहान नेता चन्दलाई भट्ने वीर अअस्पताल पुगेका थिए। नेता चन्दलाइृ भेटेर मन्त्री भण्डारीले उहाँको स्वास्थ्य लाभको कामना गरेका छन्।
बिहीबारदेखि वीर अस्पताल उपचाररत ८५ वर्षीय पूर्वप्रधानमन्त्री चन्दलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।
छोरा अरुण चन्दका अनुसार अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र मंगलबारसम्म ‘डिस्चार्ज’ हुने अपेक्षा गरिएको छ।
एमाले सुदूरपश्चिम प्रदेशका सचिव रणबहादुर चन्दसहित पुग्नुभएका उद्योगमन्त्री भण्डारीले पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्यलाभको कामना गर्दै घर फर्किएपछि मन्त्रालयका सुझाव लिन निवासमै आउने समेत बताएका थिए।
प्रकाशित मिति: १३:४९ बजे, शनिबार, साउन ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












