Kathmandu Press

सङ्खुवासभाको भविष्य ऊर्जामा छ : उर्जामन्त्री खड्का

‘सङ्खुवासभाबासीको शिर निहुरिन नदिने गरी काम गर्नुछु, म धेरै आशा बाँड्दिन सङ्खुवासभाको विज्ञतालाई प्रयोग गरी परिणाम दिने गरी काम गर्नेछु,’ उनले भने।
सङ्खुवासभाको भविष्य ऊर्जामा छ : उर्जामन्त्री खड्का

काठमाडौं, साउन ५ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको विकासका लागि ऊर्जा क्षेत्र महत्वपूर्ण भएको बताए।     

सङ्खुवासभा–काठमाडौं पत्रकार समाज (एसकाज)ले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा संखुवासभाबाट मन्त्री बनेका खड्काले आज स्रोत र साधनले धनी सङ्खुवासभाको आर्थिक विकासमा ऊर्जा क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

Hardik ivf

उनले आफ्नो मुख्यप्राथमिकतामा संखुवासभाको विकास रहेको समेत बताए। उनले अपर अरुण जलविद्युत आयोजनामार्फत उक्त क्षेत्रका जनताको आर्थिक उन्नति गर्न सकिने समेत उल्लेख गरे।

‘सङ्खुवासभाबासीको शिर निहुरिन नदिने गरी काम गर्नुछु, म धेरै आशा बाँड्दिन  सङ्खुवासभाको विज्ञतालाई प्रयोग गरी परिणाम दिने गरी काम गर्नेछु,’ उनले भने।

नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालले आफ्नो विज्ञता प्रयोग गरी ऊर्जा क्षेत्रको विकासमा ध्यान दिन मन्त्री खड्कालाई आग्रह गरे। उनले सङ्खुवासभाको छविलाई उच्च राख्न मन्त्री खड्कालाई शुभकामना समेत दिए।

समाजका अध्यक्ष शंकर खनालले स्रोत साधनले अत्यन्त धनी संखुवासभाको आर्थिक विकासमा अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले ऊर्जा र पर्यटन क्षेत्रलाई सँगै जोडेर अगाडि बढ्नसके संखुवासभाको विकासले फड्को मार्नसक्ने उल्लेख गरे।

प्रकाशित मिति: १३:३८ बजे, शनिबार, साउन ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्