Kathmandu Press

सिमलताल पहिरो : भारतको खोज तथा उद्धार टोलीले काम थाल्यो

भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि नेपाल आइसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। भारतीय टोली सुनौली नाका हुँदै नेपाल आएको हो।
सिमलताल पहिरो : भारतको खोज तथा उद्धार टोलीले काम थाल्यो

चितवन, साउन ५ : चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोलीले खोजी कार्य अघि बढाएको छ।

भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि नेपाल आइसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। भारतीय टोली सुनौली नाका हुँदै नेपाल आएको हो।

Hardik ivf

पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरु आएका हुन्। उनीहरु सशस्त्र प्रहरीको एक टोलीका साथ घटनास्थलमा सक्रिय हुने प्राधिकरणले जनाएको छ। गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो।

असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए।

उक्त बसमा सवार ६५ जनामध्ये ३ जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए। आजसम्म २३ जनाको शव विभिन्न क्षेत्रमा फेला परेको थियो भने ३९ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन।

प्रकाशित मिति: १२:५६ बजे, शनिबार, साउन ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्