Kathmandu Press

सचिव तोयानाथ अधिकारीले दिए राजीनामा

सचिवमा बढुवा भएको साढे तीन वर्षसम्म पनि सरकारले आयोगहरूमै थन्क्याएपछि उनले अवकाश अवधि बाँकी छँदै राजीनामा दिएका हुन्।
सचिव तोयानाथ अधिकारीले दिए राजीनामा

काठमाडौं, साउन ५ : सचिव तोयानाथ अधिकारीले राजीनामा दिएका छन्।

नेपाल कानून आयोगमा कार्यरत अधिकारीले अवकास पाउन ५ महिना अगाडि नै राजीनामा दिएका हुन्। उमेर हदका कारण अधिकारीले आगामी मंसिर २८ गतेबाट अवकाश पाउँदै थिए।

सचिवमा बढुवा भएको साढे तीन वर्षसम्म पनि सरकारले आयोगहरूमै थन्क्याएपछि उनले अवकाश अवधि बाँकी छँदै राजीनामा दिएका हुन्।

अधिकारी ३१ वर्षको उमेरमा २०५० सालमा निजामती सेवा प्रवेश गरेका थिए।

प्रकाशित मिति: १२:४७ बजे, शनिबार, साउन ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्