Kathmandu Press

प्रधानमन्त्रीलाई विश्वासका मत दिन एमालेले लगायो ह्विप

एमालेका प्रतिनिधिसभा सदस्यहरुलाई प्रधानमन्त्रीले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी हो।
प्रधानमन्त्रीलाई विश्वासका मत दिन एमालेले लगायो ह्विप

काठमाडौं, साउन ५ : नेकपा एमालेले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिन ह्वीप लगाएको छ।

एमालेका प्रतिनिधिसभा सदस्यहरुलाई प्रधानमन्त्रीले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी हो।

Hardik ivf

प्रधानमन्त्री ओलीले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यतालिका छ।

२७५ सदस्यीय प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रधानमन्त्री ओलीले कम्तिमा १३८ सांसदको समर्थन पाउनुपर्छ।

सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका कारण ओलीलाई विश्वास प्राप्त गर्न कांग्रेसको ८८ र एमालेको ७९ सांसदकै मात्र समर्थन पनि पर्याप्त हुन्छ।

प्रकाशित मिति: १२:१३ बजे, शनिबार, साउन ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्