Kathmandu Press

पाँच एसपीको काज सरुवा

जिल्ला प्रहरी कार्यालय उदयपुरमा हरिहरनाथ योगी र तनहुँमा वीरेन्द्र बहादुर शाहीलाई पठाइएको प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले जनाएको छ।
पाँच एसपीको काज सरुवा

काठमाडौं, साउन ५ : पाँचजना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरिएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरमा हरिहरनाथ योगी र तनहुँमा वीरेन्द्र बहादुर शाहीलाई पठाइएको प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले जनाएको छ।

Hardik ivf

त्यस्तै, तनहुँमा कार्यरत अपिलराज बोहरालाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा पठाइएको छ।

४ महिनाअघि तनहुँमा गएका बोहरा अवधि नपुग्दै तानिएका हुन्। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा कार्यरत राम प्रकाश शाह राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा भएका छन्।

उदयपुरका एसपी रमेश थापाको प्रहरी प्रधान कार्यालय स्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा सरुवा भएको छ।

प्रकाशित मिति: १०:४५ बजे, शनिबार, साउन ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्