Kathmandu Press

‘ऐन संशोधन गर्न अघि सारेको प्रस्ताव संसदबाट पास गराइने’

काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डको भ्रमणका क्रममा मन्त्री यादवले बोर्डले अघि सारेको प्रस्तावलाई मन्त्रालयका सचिव, कर्मचारी एवं बोर्डका महानिर्देशकसहितको टोलीसँग छलफल तथा अध्ययन गरी संसदबाट पास गराउने बताए।
‘ऐन संशोधन गर्न अघि सारेको प्रस्ताव संसदबाट पास गराइने’

काठमाडौं, साउन ४ : खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं खानेपानी व्यवस्थापन बोर्डले आवश्यक ऐन संशोधनका लागि अघि सारेको प्रस्तावलाई अध्ययन गरेर संसदबाट पास गराइने बताएका छन्।

काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डको भ्रमणका क्रममा मन्त्री यादवले बोर्डले अघि सारेको प्रस्तावलाई मन्त्रालयका सचिव, कर्मचारी एवं बोर्डका महानिर्देशकसहितको टोलीसँग छलफल तथा अध्ययन गरी संसदबाट पास गराउने बताए।

Hardik ivf

बोर्डमा काम गर्ने क्रममा आएका चुनौतीको समाधान गर्न पहल गर्ने प्रतिबद्धता पनि जनाए। मन्त्री यादवले मन्त्रालय र बोर्डका कर्मचारीलाई आपसी सहकार्यका साथ काठमाडौँ उपत्यकामा बाहै्र महिना पानी उपलब्ध गराउने उद्देश्यका साथ काम गर्न निर्देशन दिए।

मन्त्री यादवले खानेपानी व्यवस्थापन बोर्डको इतिहास, गतिविधि, सञ्चालित कार्यक्रम, तिनीहरुको कार्यान्वयनको अवस्था र सो क्रममा आएका चुनौतीबारे जानकारी लिएका थिए।

‘जनतामा उत्साह छैन, हामीले आफ्नो काम मार्फत निराशालाई उत्साहमा परिणत गर्नुपर्छ,’ मन्त्री यादवले भने। उनले आफ्नो पहिलो प्राथमिकता शुद्ध पानी वितरण रहेको बताए।

प्रकाशित मिति: २०:४० बजे, शुक्रबार, साउन ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्