Kathmandu Press

पदीय दुरुपयोगको आरोपमा उपसभामुख रानामगरविरुद्ध राज्य व्यवस्था समितिमा उजुरी

‘उपसभामुखले अनाधिकृत व्यक्तिलाई भिसा सिफारिस गरेको सम्बन्धमा सभामुखलाई जानकारी गराउँदै यसबारेमा छलफल गर्नुपर्ने आवश्यक छ,’ उनले भने, ‘यो संसद्‌‌को नियम र गरिमाविपरीत उपसभामुखबाट काम भएको देखियो।’
पदीय दुरुपयोगको आरोपमा उपसभामुख रानामगरविरुद्ध राज्य व्यवस्था समितिमा उजुरी

काठमाडौं, साउन ४ : उपसभामुख इन्दिरा रानामगरले पदीय दुरुपयोग गरेको भन्दै उनी विरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ।

उपसभामुख रानामगरले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिलाई भिसा सिफारिस गरेको पत्र सार्वजनिक भएपछि भक्तपुरका अर्जुन बास्कोटाले उपसभामुख रानामगरविरुद्ध राज्य व्यवस्था समितिमा उजुरी दिएका हुन्।

Hardik ivf

उजुरीमा उपसभामुखमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउनसमेत माग गरिएको छ। समितिका सभापति रामहरि खतिवडाले उपसभामुखविरुद्ध उजुरी परेको जानकारी दिँदै यसबारेमा सभामुख देवराज घिमिरेलाई जानकारी गराइएको बताए।

‘उपसभामुखले अनाधिकृत व्यक्तिलाई भिसा सिफारिस गरेको सम्बन्धमा सभामुखलाई जानकारी गराउँदै यसबारेमा छलफल गर्नुपर्ने आवश्यक छ,’ उनले भने, ‘यो संसद्‌‌को नियम र गरिमाविपरीत उपसभामुखबाट काम भएको देखियो।’

उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको सार्वजनिक भएको थियो। संयुक्त राष्ट्र संघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७औं सत्र २०७९ साल फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्यूयोर्कमा भएको थियो।

त्यही कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग असम्बन्धित ४ पुरुष र एक महिलालाई आफूसँग लाने प्रक्रिया अघि बढाएकी थिइन्।

आफूसँगै ६ जना यो कार्यक्रममा जान लागेको भन्दै उनले भिसाको अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूतावासलाई उपसभामुखको लेटरप्याड प्रयोग गरेर पत्र लेखेकी थिइन्।

प्रकाशित मिति: २०:०४ बजे, शुक्रबार, साउन ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्