कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिनुहुँदैन : मन्त्री खड्का
‘कृषि क्षेत्रमा कसरी उत्पादन बढाउन सकिन्छ, त्यसको सोच बनाउन जरुरी छ, सिँचाइ नपुगेका ठाउँमा सिँचाइ पुर्याउनुपर्छ,’ उनले भने।
काठमाडौं, साउन ४ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिन नहुने बताएका छन्।
सिँचाइ विभागले नवनियुक्त मन्त्री खड्काको स्वागतमा आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा मन्त्री खड्काले सिँचाइको उचित व्यवस्थापन गरेर कृषि उत्पादनमा जोड दिनुपर्ने बताए।
‘कृषि क्षेत्रमा कसरी उत्पादन बढाउन सकिन्छ, त्यसको सोच बनाउन जरुरी छ, सिँचाइ नपुगेका ठाउँमा सिँचाइ पुर्याउनुपर्छ,’ उनले भने।
मन्त्री खड्काले वर्षात्मा बाढी र पहिरोका कारण ठूलो क्षति हुने भएकाले त्यसको समाधानमा विभाग चनाखो हुनुपर्ने उल्लेख गरे।
ऊर्जामन्त्री खड्काले बर्खाको पानीलाई सही सदुपयोग गर्न सके कृषि क्षेत्रमा सहयोग पुग्नसक्ने बताए। उनले कतिपय आयोजनाहरु लामो समयसम्म सम्पन्न नभएको भन्दै कार्यान्वयन हुनेगरी आयोजनामा लगानी गर्नुपर्ने बताए।
प्रकाशित मिति: १९:०७ बजे, शुक्रबार, साउन ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












