Kathmandu Press

माओवादी, रास्वपा र नेकपा एसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविच भएको छलफलपछि उक्त निर्णय भएको हो।
माओवादी, रास्वपा र नेकपा एसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

काठमाडौं, साउन ४ : नेकपा माओवादी केन्द्रसहित तीनवटा विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका छन्।

शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविच भएको छलफलपछि उक्त निर्णय भएको हो।

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ।

ओली नेतृत्वको नयाँ सरकार संविधानको धारा ७६ (३) अनुसार गठन हुनुपर्नेमा ७६ (२) अनुसार गठन भएकाले असंवैधानिक रहेको बताउँदै यी तीन दलले दलले विश्वासको मत नदिने निर्णय लिएका हुन्।

प्रकाशित मिति: १८:५८ बजे, शुक्रबार, साउन ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्