Kathmandu Press

सन्दीपको मुद्दाको फैसलाको पूर्णपाठ : उमेर पुगेकाबीच सहमतिको करणी ‘जबरजस्ती’ होइन

उच्च अदालत पाटनले उमेर पुगेका व्यक्तिविच सहमतिमा भएको करणीलाई जबरजस्ती करणी नमानिने भन्दै सर्वोच्च अदालतबाट यसअघि स्थापित नजिरलाई आधार लिएको छ । पीडित भनिएकी किशोरी ‘गौशाला–२६ (छ)’ले वारदातको समय १८ वर्ष पूरा भएको देखिएको समेत पूर्ण पाठमा जनाइएको छ।
सन्दीपको मुद्दाको फैसलाको पूर्णपाठ : उमेर पुगेकाबीच सहमतिको करणी ‘जबरजस्ती’ होइन

काठमाडौं, साउन ४ : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणी मुद्दामा भएको फैसलाको दुई महिनापछि उच्च अदालत पाटनले पूर्णपाठ सार्वजनिक गरेको छ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते जबर्जस्ती करणी मुद्दामा लामिछानेलाई सफाइ दिने फैसला गरेको थियो।

उच्च अदालत पाटनले उमेर पुगेका व्यक्तिविच सहमतिमा भएको करणीलाई जबरजस्ती करणी नमानिने भन्दै सर्वोच्च अदालतबाट यसअघि स्थापित नजिरलाई आधार लिएको छ । पीडित भनिएकी किशोरी ‘गौशाला–२६ (छ)’ले वारदातको समय १८ वर्ष पूरा भएको देखिएको समेत पूर्ण पाठमा जनाइएको छ।

Hardik ivf

होटलको सीसीटीभी फूटेजको स्क्रिप्ट समेतका प्रमाणबाट अभियोग दाबी शंकारहित तवरले पुष्टि नभएको फैसलामा उल्लेख छ।

यस्तै, उच्च अदालतको फैसलामा पीडित र प्रतिवादी होस्टल नजिकबाट प्रतिवादीको गाडीमा बसी नगरकोट गएको, रातको समयमा काठमाडौँ होटल इनमा बसी भोलिपल्ट प्रतिवादीले पीडितलाई निजको होस्टलमा पु¥याउँदाका अवस्थासम्मका उल्लिखित घटनाक्रमलाई विश्लेषण गर्दा जबरजस्ती करणीको कसुर भएको मान्न मिल्ने अवस्था नदेखिएको पूर्ण फैसलामा उल्लेख गरेको छ।

सन्दीपले गाडी लिएर आउँदा स्वस्फूर्त रूपमा पीडित गाडीमा गइ बसेको, नगरकोट जाँदा समेत पीडितले कुनै प्रतिकार नगरेको र प्रतिवादीले नगरकोटबाट पीडितलाई ‘चाँडै जाउँ, तिम्रो होस्टेल बन्द हुन्छ’ भन्दा ‘होस्टेल जुनसुकै बखत खुला हुन्छ’ भनी प्रतिवादीलाई विश्वास दिलाएको आधार पनि उच्च अदालतले फैसलामा देखाएको छ।

यस्तै, पीडितले प्रतिकार गरेको, कराएको, चिच्चाएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाको लागि कुनै सहयोगको याचना गरेको नदेखिएको विषयलाई पनि अदालतले फैसलामा विश्लेषण गरिएको छ।

‘प्रतिवादीसँग पीडितले आर्थिक संरक्षण मागेको, प्रतिवादीले पछि सकेको सहयोग गर्छु भनेको तर कुनै सहयोग नगरी प्रतिवादी केन्यातर्फ गएको घटनाक्रमले रिसको आवेगमा प्रतिवादी उपर यस्तो जघन्य कसुरमा जाहेरी दिएको होला भनी यो तथ्यलाई ठाडै इन्कार गर्न सकिने अवस्था पनि देखिँदैन,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, घटनास्थल प्रकृति मुचुल्का, वारदात स्थलमा भएको वस्तुहरू, बेड, तन्ना, टिस्यु पेपर, पीडित ‘गौशाला–२६ (छ)’ले लगाएको भित्री वस्त्र, बाहिरी कपडाहरूको समेत परीक्षण नभएको र ती प्रमाणहरूले अभियोग दाबी समर्थित हुने कुनै आधार देखिएन।’

यस्तै पीडित आफैँले प्रतिवादीलाई ‘फ्रेण्ड रिक्वेस्ट’ पठाएको, प्रतिवादीलाई स्न्याप च्याटमार्फत फोटो पठाउने गरेको, प्रतिवादी आफूले क्रिकेट खेल्न विदेश गइ दुई महिनापछि फर्केर आएर भेट्ने बताउँदा पीडित भनिएकी किशोरीले ‘मलाई सहयोग गर्नु पर्‍यो’ भन्दै तुरुन्तै भेट्न चाहेको विषयलाई पनि फैसलामा आधार बनाइएको छ।

प्रकाशित मिति: १८:३० बजे, शुक्रबार, साउन ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्