राष्ट्रियसभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेस
सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातयात मन्त्री देवेन्द्र दाहालले उक्त प्रतिवेदन पेस गरेका हुन् ।
काठमाडौं, साउन ४ : राष्ट्रियसभामा ‘थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८०’ पेस भएको छ।
सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातयात मन्त्री देवेन्द्र दाहालले उक्त प्रतिवेदन पेस गरेका हुन् ।
बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराएका थिए।
राष्ट्रियसभाको अर्को बैठक यही साउन ७ गते सोमबार अपराह्न १ः१५ मा बस्नेछ।
प्रकाशित मिति: १६:०० बजे, शुक्रबार, साउन ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार