Kathmandu Press

मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री

नेकपा एमालेले तयार गरेको सुझाव पत्र सिंहदरबारमा ग्रहण गर्दै उनले मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिबद्ध हुने बताए।
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री

काठमाडौं, साउन ४ : प्रधानमन्त्री केपी ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दलले रचनात्मक सहयोग पुर्‍याउन आह्वान गरेका छन्।

नेकपा एमालेले तयार गरेको सुझाव पत्र सिंहदरबारमा ग्रहण गर्दै उनले मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिबद्ध हुने बताए।

Hardik ivf

‘सुझावले सरकारलाई काम गर्न एक प्रकारको मार्गदर्शन हुनेछ। ती सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइने छ,’ उनले भने।

एमालेका महासचिव शंकर पोखरेलले उक्त ९९ बुँदे सुझावको प्रतिवेदन हस्तान्तरण गरेका थिए भने उपमहासचिव प्रदीप ज्ञवालीले सुझावको सार प्रस्तुत गरेका थिए। एमालेको हाल ३३ विभागमध्ये २८ विभागले छलफल गरेर ती सुझाव तयार पारेका थिए।

प्रकाशित मिति: १५:५५ बजे, शुक्रबार, साउन ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्