Kathmandu Press

बंगलादेशमा रहेका नेपालीबारे परराष्ट्रमन्त्री डा. राणाको चासो

उनले नेपालीहरूलाई कुनै अप्ठ्यारो हुन नदिन र सुरक्षित तवरले आआफ्ना स्थानमा रहने वातावरणका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएकी छिन्।
बंगलादेशमा रहेका नेपालीबारे परराष्ट्रमन्त्री डा. राणाको चासो

काठमाडौं, साउन ४ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज बंगलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीसँग त्यहाँ विकसित पछिल्लो घटनाक्रम र नेपाली विद्यार्थीको अवस्थाबारेमा जानकारी लिएकी छिन्।

मन्त्री डा. राणाले आज राजदूत भण्डारीलाई टेलिफोन सम्पर्कगरी त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपाली नागरिकको अवस्थाका बारेमा जानकारी लिएकी हुन्।

Hardik ivf

त्यसक्रममा उनले नेपालीहरूलाई कुनै अप्ठ्यारो हुन नदिन र सुरक्षित तवरले आआफ्ना स्थानमा रहने वातावरणका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएकी छिन्।

राजदूत भण्डारीले त्यहाँ सबै नेपाली सुरक्षित रहेका र उनीहरुलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आफ्ना क्याम्पस प्रशासनको निर्देशन पालना गर्न सूचित गरिएको जानकारी मन्त्रीलाई गराएका थिए।

यस्तै त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कुनै अप्ठ्यारो परेमा सम्पर्कका लागि दूतावासका दुई जना अधिकारीको सम्पर्क नम्बर दिइएको तथा नेपाली विद्यार्थी अध्ययन गर्ने कलेज प्रशासनसँग दूताबास निरन्तर सम्पर्कमा रहेको जानकारी राजदूत भण्डारीले दिए।

बंगलादेशमा सरकारी जागिरमा प्रदान गरिएको आरक्षण विरोधमा जारी आन्दोलनले हाल उग्र रुप लिएको छ। बंगलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको प्रदर्शनमा शुक्रबारसम्म कम्तीमा २५ जनाको ज्यान छ।

प्रकाशित मिति: १५:३६ बजे, शुक्रबार, साउन ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्