धनकुटामा बस र टयांकर ठोक्किँदा १२ यात्रु घाइते
धरानबाट संखुवासभाको धर्मदेवी नगरपालिकाको आँखीभुईंतर्फ जाँदै गरेको बा २ ख ७२४७ नम्बरको बस र विपरीत दिशाबाट धनकुटातर्फ आउँदै गरेको को १ च १५३१ नम्बरको दुध बोक्ने ट्यांकर आपसमा ठोक्किएका थिए।
धनकुटा, साउन ४ : धनकुटा नगरपालिका–१ सुकेपोखरीनजिक शुक्रबार यात्रुबाहक बस र दुध बोक्ने टयांकर एकापसमा जुध्दा १२ यात्रु घाइते भएका छन्।
धरानबाट संखुवासभाको धर्मदेवी नगरपालिकाको आँखीभुईंतर्फ जाँदै गरेको बा २ ख ७२४७ नम्बरको बस र विपरीत दिशाबाट धनकुटातर्फ आउँदै गरेको को १ च १५३१ नम्बरको दुध बोक्ने ट्यांकर आपसमा ठोक्किएका थिए।
दुर्घटनामा संखुवासभाको धर्मदेवी–३ का संगीता पौडेल, मनमाया वसेल, अनोज कार्की, मोरङ बेलबारी–२ का मानबहादुर विश्वकर्मा, धर्मदेवी–९ का काजीबहादुर कार्की, सोहि पालिका–६का मेनुका पौडेल, विष्णु श्रेष्ठ, सुनसरीको इटहरीका दुर्गा कार्की घाइते भएका छन्।
यस्तै, धनकुटा छथरजारेपाटीका आरोही विश्वकर्मा, तेह्रथुमको लालिगुराँस–८ का कल्पना विश्वकर्मा, संखुवासभा धर्मदेवी–९ का देवी परियार र धर्मदेवी–६ का निराजन बस्नेत रहेको जनाइएको छ।
घाइतेहरुको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ।