नयाँ संसद भवन निर्माण सन्तोषजनक छैन : सभामुख
उनले आउँदो हिउँदे सत्र सञ्चालन गर्ने लक्ष्य राखेर सामान्य तहसम्मको काम सम्पन्न नगर्ने हो भने अन्तर्राष्ट्रिय स्तरमा बद्नाम हुने अवस्था आउने बताए।
काठमाडौं, साउन ४ : सभामुख देवराज घिमिरे नयाँ संसद भवनको कामको प्रगती सन्तोषजनक नभएको बताएका छन्।
नयाँ संसद भवनको ठेकेदारसँग कार्य सम्पादन प्रगति विवरण सम्बन्धि छलफलमा उनले आउँदो हिउँदे सत्र सञ्चालन गर्ने लक्ष्य राखेर सामान्य तहसम्मको काम सम्पन्न नगर्ने हो भने अन्तर्राष्ट्रिय स्तरमा बद्नाम हुने अवस्था आउने बताए।
‘समग्र हेर्दा यो कामको प्रगती सन्तोषजनक छैन्। यसलाई समयमा नै सक्न गम्भीर भएर लाग्नुपर्छ। यसको प्रगतीको निगरानी गर्नको लागि एउटा समिति बनाउने र कार्य प्रगती विवरण लिनेगरी नजाने हो भने काम अगाडि नबढ्ने भयो,’ उनले भने, ‘आउँदो हिउँदे सत्र सञ्चालन गर्ने लक्ष्य राख्यो भने सामान्य तहसम्म सम्पन्न हुनुपर्छ। होइन भने बद्नाम हुने अवस्था आउनु भएन्।’
उनले नयाँ भवन अहिले प्रयोगमा आएको नयाँ प्रविधिको प्रयोग गर्ने हिसाबको निर्माण हुनुपर्ने बताए।
सोही छलफलमा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद भवन जस्तो कुरा राष्ट्रिस्तरको परियोजना भएको भन्दै यसको काम अझै तिव्रताका साथ सम्पन्न गर्ने प्रयास गर्ने बताए।
‘भवन निमार्णमा किन ढिलाई भइरहेको छ। के समस्या छ त्यसको बारेमा जानकारी भए त्यसबारेमा छलफल गर्ने र निर्माणमा आएका अवरोधहरु हटाउन पहल गर्न सक्छौ । राष्ट्रिस्तरको नै परियोजना हो,’ उनले भने, ‘म भर्खर आएको छु अब यो काम अझै तिव्रताका साथ सम्पन्न गर्ने प्रयास गर्नेछु।’
छलफलमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद भवन २१औं शताब्दीको प्रविधिसहित सुविधा सम्पन्न हुनुपर्ने बताए।












