Kathmandu Press

संविधानसभा सदस्य श्रेष्ठको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

स्वर्गीय श्रेष्ठले नेपालको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा पुर्याउनु भएको योगदानको स्मरण गर्दै सभापति देउवाले उनिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका हुन्।
संविधानसभा सदस्य श्रेष्ठको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं, साउन ४ : नेपाली कांग्रेसले पार्टी केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वसामान्य प्रशासनमन्त्री अम्बिका श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।

आज मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै श्रेष्ठप्रति गहिरो दुःख व्यक्त गरेको हो।

Hardik ivf

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

स्वर्गीय श्रेष्ठले नेपालको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा पुर्याउनु भएको योगदानको स्मरण गर्दै सभापति देउवाले उनिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका हुन्।

वरिष्ठ पर्यटन व्यवसायी तथा द्वारिकाज होटल एवं रिर्सोटकी संचालक अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो।

स्वर्गीय श्रेष्ठ हिमाल मिडियाको संस्थापक अध्यक्ष तथा स्पेनका लागि पूर्वअवैतनिक महावाणिज्यदूत समेत थिइन्।

साढे ६ दशकदेखि पर्यटन क्षेत्रका साथै महिला उद्यमशीलता प्रवद्र्धन र महिला सशक्तिकरणमा श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी थिइन्।

प्रकाशित मिति: १४:२३ बजे, शुक्रबार, साउन ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्