परराष्ट्रमन्त्री डा.राणा र अमेरिकी राजदूत थम्पसनबीच भेट
भेटका क्रममा नेपाल–अमेरिका सम्बन्धका विविध पक्षहरूका साथै द्विपक्षीय हितका बारेमा छलफल भएको जनाइएको छ।
काठमाडौं, साउन ४ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शुक्रबार शिष्टाचार भेट गरेका छन्।
थम्पसनले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री राणासँग शिष्टाचार भेट गरेका हुन्।
भेटका क्रममा नेपाल–अमेरिका सम्बन्धका विविध पक्षहरूका साथै द्विपक्षीय हितका बारेमा छलफल भएको जनाइएको छ।
भेटघाटका क्रममा पारस्परिक लाभका विविध पक्ष, विकास तथा साझेदारीका विषयमासमेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १४:०५ बजे, शुक्रबार, साउन ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












