Kathmandu Press

स्वास्थ्य स्वयंसेविकालाई दैनिक १५ सय रुपैयाँ भत्ता दिइने

काठमाडौं, चैत २४ : सरकारले कोरोना भाइरस रोगथाम तथा नियन्त्रणको अभियानमा परिचालन हुने स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन स्वरुप दैनिक १५ सय रुपैयाँ....

स्वास्थ्य स्वयंसेविकालाई दैनिक १५ सय रुपैयाँ भत्ता दिइने

काठमाडौं, चैत २४ : सरकारले कोरोना भाइरस रोगथाम तथा नियन्त्रणको अभियानमा परिचालन हुने स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन स्वरुप दैनिक १५ सय रुपैयाँ भत्ता दिने भएको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाविरुद्धको अभियानमा परिचालित हुने स्वास्थ्य स्वयंसेविकाहरुलाई दैनिक १५ सय रुपैयाँ भत्ता दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए। 

‘स्वास्थ्य स्वयंसेविकाहरुलाई कोरोना रोकथाममा परिचालन गर्न, क्वारेन्टाइनमा नागरिकहरु बसे–नबसेको हेर्न र अरु स्वास्थ्य सेवाको काममा उत्प्रेरित गर्नका लागि एक पटकका लागि प्रतिव्यक्ति १५ सय प्रोत्साहनस्वरुप दिने निर्णय भएको छ,’ उनले भने। 

उनका अनुसार परिचालित स्वयंसेविकाहरुले क्वारेन्टाइनमा बसे नबसेको हेर्ने र अरु स्वास्थ्य सेवाको काम गर्नेछन्।

आइतबारमात्रै बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठकले देशभर रहेका ५० हजारभन्दा बढी स्वास्थ्य स्वयंसेविकाहरुलाई कोरोना रोगथाम तथा बिरामीको उपचारका लागि खटाउने निर्णय गरेको थियो। 

प्रकाशित मिति: १९:०८ बजे, सोमबार, चैत २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्