Kathmandu Press

कालीगण्डकी करिडोरमा अबरुद्ध यातायात खुल्यो

गत असार २१ गतेदेखि कालीगण्डकी करिडोर अवरुद्ध हुँदै आएको थियो। बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बाढीले बगाउँदा १५ दिनदेखि यातायात अवरुद्ध हुँदै आएको थियो।
कालीगण्डकी करिडोरमा अबरुद्ध यातायात खुल्यो
फाइल तस्बिर।

बागलुङ, साउन ४ : भारी वर्षाका कारण बाढी पहिरोले अबरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ।

गत असार २१ गतेदेखि कालीगण्डकी करिडोर अवरुद्ध हुँदै आएको थियो। बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बाढीले बगाउँदा १५ दिनदेखि यातायात अवरुद्ध हुँदै आएको थियो।

करिडोर कार्यालयले बगाएको सडकमा ग्याविनसहितको पर्खाल उठाएपछि अबरुद्ध यातायात सञ्चालनमा आएको हो।

कालिगण्डकी करिडोर अवरुद्ध हुँदा दक्षिण बागलुङसँग बुटवल, भैरहवा र मुक्तिनाथ जाने सवारीसाधन बाटोमै रोकिएका थिए। सडक निर्माणपछि अहिले दुईतर्फी यातायात सञ्चालन भएको बागलुङ प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:४२ बजे, शुक्रबार, साउन ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्