न्यूरोडको फुुटपाथ विस्तारमा अवरोधपछि प्रहरी परिचालन
महानगरले बुधबारदेखि फुटपाथ बढाउने कार्य अगाडि बढाएको छ। स्थानीयले अवरोध गरेपछि ठूलो संख्यामा महानगर प्रहरीसँगै नेपाल प्रहरीको टोली पनि खटाइएको छ।
काठमाडौं, साउन ४ : न्यूरोडमा काठमाडौं महानगरपालिकाले अघि बढाएको फुटपाथ विस्तारको काममा स्थानीयले अवरोध गरेपछि प्रहरी परिचालन गरिएको छ।
महानगरले बुधबारदेखि फुटपाथ बढाउने कार्य अगाडि बढाएको छ। स्थानीयले अवरोध गरेपछि ठूलो संख्यामा महानगर प्रहरीसँगै नेपाल प्रहरीको टोली पनि खटाइएको छ।
यसअघि सडक विस्तार विवादमा उच्च अदालत पाटनले नूरोडमा फुटपाथ विस्तार गर्न बाटो खोलिदिएको थियो। त्यसपछि महानगरले सडक विस्तारको काम शुरु गरेको हो।
काठमाडौं महानगरले न्यूरोड क्षेत्रलाई पैदलमैत्री बनाउने प्रयास थालेको छ। अहिले त्यस क्षेत्रमा प्रहरी परिचालन गरी सडक विस्तार कार्य अघि बढाइएको छ।
प्रकाशित मिति: १३:२६ बजे, शुक्रबार, साउन ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार