उपसभामुख रानाले अमेरिकी दूतावासलाई लेखेको पत्र विवादमा
उक्त पत्रका बिषयमा उनी संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक छानविन थालेको छ। पत्रको विषयमा उपसभामुख रानासँग सोधपुछ समेत गरेको जनाइएको छ।
काठमाडौं, साउन ४ : उपसभामुख इन्दिरा रानाले असंवन्धित व्यक्तिका लागि भिसा मिलाईदिन अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र विवादमा परेको छ।
उक्त पत्रका बिषयमा उनी संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक छानविन थालेको छ। पत्रको विषयमा उपसभामुख रानासँग सोधपुछ समेत गरेको जनाइएको छ।
अमेरिकी दूतावासलाई लेखेको पत्रका कारण उपसभामुख रानाले आफ्नो ओहदाको दुरुपयोग गरेको आरोप लागेको छ। रानाले २६ फेब्रुअरी २००२३ मा अमेरिकी दुतावासलाई पत्र लेख्दै आफूसहित अन्य व्यक्तिहरूलाई भिसाको अन्तर्वार्ताका लागि समय मिलाइदिन सिफारिस गरेकी थिइन्। उक्त पत्र सार्वजनिक भएपछि विवादको रुप लिएको हो।
रानाले संसदसँग असम्बन्धित व्यक्तिहरूलाई किन आफ्नो टीममा राखेर सिफारिस गरिन् भन्ने विषयमा प्रश्न उठेको छ। उनले सिफारिस गरेका व्यक्तिले भने अन्तर्वार्ताको डेट पाउन नसकेको जनाइएको छ। त्यसपछि उपसभामुख राना एक्लै अमेरिका पुगेर फर्किसकेकी छन्।
उक्त विषयमा रास्वपाले आन्तरिक अध्ययन गरेको विषय समेत बाहिरिएको छ। यद्यपि अहिलेसम्म रास्वपाले तथ्य सार्वजनिक गरेको छैन। गलत नियतले पत्र लेखे नलेखेको विषयमा भने अहिलेसम्म तथ्य बाहिर आउन सकेको छैन।












