Kathmandu Press

नेकपा एसमा ३३ प्रतिशत महिला, २० प्रतिशत युवा प्रतिनिधित्व

समावेशिताको अनुपात र सङ्ख्याअन्तर्गत दलित २०, आदिवासी जनजाति ४०, मधेसी २०, थारू ९, मुस्लिम ६, अल्पसङ्ख्यक ३ र अपांगता भएका व्यक्ति २ प्रतिशत हुनेगरी प्रतिनिधित्वको सुनिश्चितता गरेको नेता सोमप्रसाद पाण्डेयले जानकारी दिए।
नेकपा एसमा ३३ प्रतिशत महिला, २० प्रतिशत युवा प्रतिनिधित्व

काठमाडाै, साउन ४ : नेकपा एकीकृत समाजवादीमा ३३ प्रतिशत महिला र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित भएको छ।

पार्टीले समावेशिताको अनुपात र संख्या निर्धारण गरी भूगोल, खुला र समावेशी क्षेत्रमा प्रतिनिधित्व सुनिश्चित गरेको हो।

Hardik ivf

समावेशिताको अनुपात र सङ्ख्याअन्तर्गत दलित २०, आदिवासी जनजाति ४०, मधेसी २०, थारू ९, मुस्लिम ६, अल्पसङ्ख्यक ३ र अपांगता भएका व्यक्ति २ प्रतिशत हुनेगरी प्रतिनिधित्वको सुनिश्चितता गरेको नेता सोमप्रसाद पाण्डेयले जानकारी दिए।

समावेशीकरणको सिद्धान्तअनुसार समावेशी महिला र समावेशी खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ।

युवा, प्रौढ र वृद्धको सहभागितालाई सुनिश्चितता गरेको पार्टीले हरेक तहको कमिटीमा एक व्यक्ति, एक प्रमुख जिम्मेवारी र बढीमा दुई कार्यकाल मात्र कार्यकारी प्रमुख रहने व्यवस्था छ।

अब केन्द्रीय सदस्य हुन व्यक्ति कुनै समुदाय, लिंग वा उमेर समूहको भएर मात्र पुग्दैन। विगतमा जिम्मेवारी सम्पादनको अवस्था, पार्टी नीतिको व्याख्या, विश्लेषण गर्ने क्षमता, जनताबीचको लोकप्रियतालाई आधार बनाइएको छ।

यो व्यवस्था विधानको अपरिवर्तनीय धाराका रूपमा राखिएको छ। पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ।

हालै सम्पन्न महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो। पार्टीमा २०६ केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ।

प्रकाशित मिति: १२:३५ बजे, शुक्रबार, साउन ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्