नेपालमा कोरोनाले माहामारीको रुप लिँदैन भन्ने आधार तय भइसक्यो: मुख्यमन्त्री पौडेल
हेटौंडा, चैत २४ : वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा कोरोना भाइरसले माहामारीको रुप लिने छैन भन्ने आधार तय भइसकेको बताएका छन्।
....
हेटौंडा, चैत २४ : वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा कोरोना भाइरसले माहामारीको रुप लिने छैन भन्ने आधार तय भइसकेको बताएका छन्।
सोमबार एक सन्देश जारी गर्दै उजले केपी शर्मा ओली नेतृत्वको सरकारका परिपक्व, दूरगामी तथा प्रभावकारी कदम, प्रदेश र स्थानीय सरकारको सक्रियता तथा आमनागरिकको विवेकपूर्ण भूमिकाका कारण नेपालमा कोरोना भाइरसले माहामारीको रुप लिने छैन भन्ने आधार तय भइसकेको बताएक हुन्।
'कोरोना भाइरसका कारण साधन स्रोतले सम्पन्न भएका र आर्थिक रुपमा समेत सशक्त देशलाई हायलकायल पारिरहँदा यो भाइरस नेपालमा प्रवेश गरे लाखौँमा सङ्क्रमण फैलने र हजारौँ मानिस मारिन सक्ने चर्चापरिचर्चा भएकै हो तर प्रधानमन्त्री ओली नेतृत्वको सरकारका परिपक्व, दूरगामी तथा प्रभावकारी कदम, प्रदेश र स्थानीय सरकारको सक्रियता तथा आमनागरिकको विवेकपूर्ण भूमिकाका कारण नेपालमा कोरोना भाइरसले माहामारीको रुप लिने छैन भन्ने आधार तय भइसकेको छ,' सन्देशमा भनिएको छ ।
'यद्यपि संसारलाई त्रसित बनाइरहेको कोरोना भाइरसका कारण आइपर्ने सम्भावित महामारीको त्रासदी कायम नै छ तर सरकार कोरोनाविरुद्ध हरतरहले तयार भइसकेको छ, केही महिनाअघिसम्म पनि कोरोना परीक्षणका लागि बिरामीको स्वाब (नमूना) सङ्कलन गरेर तेस्रो मुलुकमा पठाउनुपर्थ्यो, केही दिनअघिसम्म मात्र पनि देशभरिबाट सङ्कलित नमूनाको केन्द्रीय प्रयोगशाला टेकुमा मात्र परीक्षण गर्नुपर्ने बाध्यता थियो, टेकुमा मात्र सीमित रहेको ल्याब अब देशका सातै प्रदेशमा उपलब्ध भइसकेको छ,' पौडेलले सन्देशमार्फत भनेका छन्।
प्रदेश नं १ को धरान, प्रदेश नं २ को जनकपुर, वागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं ५ को भैरहवा, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा कोरोना परीक्षण ल्याब स्थापना भई परीक्षणको कामसमेत नियमित सञ्चालन भइसकेको छ।
'सङ्घीय राजधानीसमेत रहेको वागमती प्रदेशमा टेकु र हेटौँडाबाट मात्रै कोरोना परीक्षण हुँदै आएकामा आजबाटै चितवन र केही दिनमै काभ्रेको धुलिखेलबाट समेत कोरोना परीक्षण हुँदैछ, सरकार अब धेरैभन्दा धेरै व्यक्तिको कोरोना परीक्षण गर्ने र उपचार तथा अन्य प्रक्रियालाई निरन्तरता दिने गरी अगाडि बढ्नेछ, प्रदेशवासी दाजुभाइ, दिदीबहिनीहरुले भने लकडाउनको पूर्ण पालना गरी कोरोना भाइरसलाई माहामारीका रुपमा फैलनबाट जोगाउनहुन हार्दिक अनुरोध गर्दछु,' सन्देशमा उल्लेख छ।










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
