Kathmandu Press

अमेरिकी राष्ट्रपति निर्वाचनमा ओबामा पनि बाइडेनको विपक्षमा

जुन २८ मा राष्ट्रपतिको बहसमा डोनाल्ड ट्रम्पसँग बाइडेन पछि परेपछि ओबामाले उनीसँग एकपटक मात्रै कुरा गरेका छन्। ओबामाले बाइडेनको उम्मेदवारीबारे पुनःविचार गर्न आवश्यक रहेको पनि बताएका छन्।
अमेरिकी राष्ट्रपति निर्वाचनमा ओबामा पनि बाइडेनको विपक्षमा

वासिङ्टन डिसी, साउन ४ : अमेरिकी पूर्वराष्ट्रपति एवं डेमोक्र्याट नेता बाराक ओबामाले आसन्न राष्ट्रपति निर्वाचनमा जो बाइडेनले जित्न गाह्रो हुने बताएका छन्।

‘द वाशिंगटन पोस्ट’का अनुसार ओबामाले आफ्ना सहकर्मीसँगको छलफलमा वर्तमान राष्ट्रपति बाइडेनले उम्मेदवारी त्याग्नु पर्नेमा जोड दिएका छन्।

Hardik ivf

जुन २८ मा राष्ट्रपतिको बहसमा डोनाल्ड ट्रम्पसँग बाइडेन पछि परेपछि ओबामाले उनीसँग एकपटक मात्रै कुरा गरेका छन्। ओबामाले बाइडेनको उम्मेदवारीबारे पुनःविचार गर्न आवश्यक रहेको पनि बताएका छन्।

ट्रम्पविरुद्धको बहसपछि पार्टीभित्रै बाइडेनलाई राष्ट्रपतिको होडबाट हटाउन माग बढ्दै गएको छ। अब यो सूचीमा सबैभन्दा शक्तिशाली डेमोक्रेट ओबामाको नाम पनि थपिएको छ, जहाँ उनी बाइडेनका सबैभन्दा ठूलो समर्थक भएका छन्। प्रतिनिधिसभाकी पूर्वसभामुख न्यान्सी पेलोसीले पनि बाइडेनले अब चुनावी मैदानबाट पछि हट्नुपर्ने बताइसकेकी छिन्।

सर्वेक्षण अनुसार ६५प्रतिशत डेमोक्रेटिक मतदाता पनि बाइडेनको विपक्षमा छन्। केवल ३५ प्रतिशत डेमोक्र्याटहरू बाइडेनले चुनाव लडेको हेर्न चाहन्छन्। ६७ प्रतिशत गोरा मतदाताले बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिनुपर्नेमा जोड दिएका छन्।

अमेरिकाको कुल ३३ करोड जनसंख्यामध्ये ६० प्रतिशत गोरा मतदाता छन्। पार्टी नेता र सहयोगीहरूको बढ्दो दबाबका कारण राष्ट्रपति बाइडेनले यस हप्ताको अन्त्यसम्ममा आफ्नो उम्मेदवारीबाट पुनर्विचार गर्ने सम्भावना रहेको बताइएको छ। ्

उपराष्ट्रपति कमलादेवी ह्यारिस (५९) बाइडेनको स्थानमा राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीको अग्रपंक्तिमा उभिएकी छन्। राजनीतिक विश्लेषक टोनी एडमका अनुसार अब डेमोक्र्याटसँग कमलाको विकल्प छैन।

कमला यसअघि अमेरिकी सर्वोच्च अदालतमा वकिल भइसकेका छन्। कमलाले आफ्नो कार्यकाल लो प्रोफाइल राखेर बिताइन्। जसका कारण प्रजातान्त्रिक पार्टीमा उनका विरोधी कम र समर्थक बढी छन्।

प्रकाशित मिति: ११:०४ बजे, शुक्रबार, साउन ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्