कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आह्वान
यही साउन २३ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
काठमाडौं, साउन ४ : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।
यही साउन २३ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्यसचिव पौडेलले जानकारी दिए ।
प्रकाशित मिति: ०८:३० बजे, शुक्रबार, साउन ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












