Kathmandu Press

काठमाडौं महानगरले सुरु गर्‍यो स्वर्णिम योजना ‘साथी महानगर’

गएको वर्षदेखि कार्यान्वयनमा आएको महानगर स्वर्णिम योजनाअन्तर्गत सामाजिक विकास विभागले सञ्चालन गरेको ‘साथी महानगर’ कार्यक्रमले सर्वेक्षण थालेको हो। सर्वेक्षण थालिएको पहिलो दिन ३३ जना सेवाग्राहीले फाराम भरेका छन्।
काठमाडौं महानगरले सुरु गर्‍यो स्वर्णिम योजना ‘साथी महानगर’

काठमाडौं, साउन ३ : काठमाडौँ महानगरपालिकाले बिहीबारदेखि केन्द्रीय कार्यालय, काठमाडौँ प्लाजाको पहिलो तला (एकल सेवा केन्द्र भएको स्थान) मा सेवाग्राही सर्वेक्षण थालनी गरेको छ।

गएको वर्षदेखि कार्यान्वयनमा आएको महानगर स्वर्णिम योजनाअन्तर्गत सामाजिक विकास विभागले सञ्चालन गरेको ‘साथी महानगर’ कार्यक्रमले सर्वेक्षण थालेको हो। सर्वेक्षण थालिएको पहिलो दिन ३३ जना सेवाग्राहीले फाराम भरेका छन्।

Hardik ivf

सर्वेक्षण सुरु गर्नुअघि सर्वेक्षणको विवरण तथा तथ्याङ्क व्यवस्थापनमा खटिने कर्मचारी, सर्वेक्षणमा खटिने इन्टर्न र नगर प्रहरीलाई प्रमुख प्रशासकीय अधिकृतको सचिवालयका उपनिर्देशक प्रहलाद घिमिरेले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेका थिए।

सर्वेक्षणका सैद्धान्तिक र व्यवहारिक पक्ष, सर्वेक्षणका क्रममा सेवाग्राहीसँग गर्नुपर्ने व्यवहार सर्वेक्षणका लागि सेवा प्रवाहका विभिन्न चरण, प्रक्रिया र अवस्थासँग सम्बन्धित २८ वटा प्रश्न राखिएका छन्। यी प्रश्नहरुका वैकल्पिक उत्तर दिइएका छन्।

सेवाग्राहीले दिइएका उत्तरमध्येबाट आफूले अनुभूत गरेको अवस्थाको जवाफमा सही चिन्ह लगाउनु पर्नेछ। फाराममा नाम थर लेख्नुपर्ने भएपनि फोन नम्बर अनिवार्य गरिएको छैन।  

सर्वेक्षणका लागि दुई जना इन्टर्नं विद्यार्थी र एक जना नगर प्रहरी खटाइएको छ। सर्वेक्षणमा सहभागी हुनेलाई पाँच वटा मास्क प्रदान गर्ने गरेको छ। १२ बजेदेखि ५ बजेसम्म र शुक्रबार १२ बजेदेखि ३ बजेसम्म सर्वेक्षण फाराम स्वेच्छिक भराइनेछ।

भराइएका फारामहरु हरेक दिन प्रमुख प्रशासकीय अधिकृतको सचिवालयमा बुझाउने प्रबन्ध गरिएको छ। पहिलो चरणमा पाँच सय जना सेवाग्राहीले फाराम भरेपछि यसको विश्लेषण हुनेछ। 

प्रकाशित मिति: २०:१९ बजे, बिहीबार, साउन ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्