राप्रपाले बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने
बिहीबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीले मागेको विश्वासको मतको विपक्षीमा मत दिने निर्णय गरेको राप्रपा संसदीय दलका उपनेता गिरबहादुर तामाङले जानकारी दिए।(8)-1721312840.jpg)
मकवानपुर, साउन ३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ।
बिहीबार बसेको राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीले मागेको विश्वासको मतको विपक्षीमा मत दिने निर्णय गरेको राप्रपा संसदीय दलका उपनेता गिरबहादुर तामाङले जानकारी दिए।
मुख्यमन्त्री जम्कट्टेलले आइतबार अपरान्ह १ बजे प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।
प्रकाशित मिति: १९:५० बजे, बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












