Kathmandu Press

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा रिमाल र विकास सल्लाहकारमा खतिवडा नियुक्त

मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनीहरूलाई मन्त्रीसरहको सल्लाहकार नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा रिमाल र विकास सल्लाहकारमा खतिवडा नियुक्त

काठमाडौं, साउन ३ : प्रधानमन्त्री केपी ओलीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र विकास सल्लाहकारमा युवराज खतिवडा नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनीहरूलाई मन्त्रीसरहको सल्लाहकार नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

Hardik ivf

एमालेका उपमहासचिवसमेत रहेका रिमाल यसअघि पनि ‌ओली प्रधानमन्त्री हुँदा राजीनितक सल्लाहकार नै थिए। रिमालले ओली प्रधानमन्त्री हुँदा र नहुँदा पनि सबै राजनीतिक र प्राविधिक कामहरूको व्यवस्थापन गर्दै आएका छन्।

खतिवडा ओलीको यसअघिको कार्यकालमा अर्थमन्त्री थिए। अर्थमन्त्रीबाट हटेपछि उनी अमेरिकाका लागि राजदूत नियुक्त भएका थिए। खतिवडा पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष समेत भइसकेका व्यक्ति हुन्।

प्रकाशित मिति: २०:०८ बजे, बिहीबार, साउन ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्